Techie IT
×
गृहपृष्ठसमाचारकतारका दङ्गाली बाबुको पहलमा सियोनालाई ४ दिन मै १० लाख सहयोग

कतारका दङ्गाली बाबुको पहलमा सियोनालाई ४ दिन मै १० लाख सहयोग


दोहा – विकृतिका रूपमा समेत मुल्यांकन गरिने टिकटकलाई सदुपयोग गर्दै सामाजिक कार्यमा सहजीकरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् दङ्गाली बाबुका नामले परिचित योगेश श्रेष्ठले।  हास्य विधालाई अङ्गीकार गर्दै त्यस तर्फ निपूनता दिने यात्रामा रहेका श्रेष्ठको नेतृत्व तथा डि आर के ग्रुपको सक्रियतामा पोल्यान्डमा उपचारार्थ रहेकी नेपालकि छोरी १३ महीने बालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग प्राप्त भएको छ।

“सियोना श्रेष्ठ बचाउ” भन्ने अभियान लाई लिएर श्रेष्ठले टिकटक मार्फत सबैलाई आह्वान गरेका थिए। उनको यस अभियानलाई साथ दिदै अगाडी बढेको डिआरके समूह लाई ४ हप्ता भित्र विदाको समय पारी ४ वटा शुक्रबारमा नेपाली रूपैयाँ १० लाख भन्दा धेरै प्राप्त भएको थियो।  दीप संचार मिडिया संग कुरा गर्दै श्रेष्ठले भने “म सामान्य बालुवा घारीमा कामगर्ने व्यक्तिलाई यत्रो विश्वास गरेर संसार भरबाट यत्रो पैसा आउँछ भन्ने सोचेकै थिएँन,” उनले थपे, “मलाई विश्वास गरेर सहयोग गर्ने अष्ट्रेलिया, कोरिया, साउदी लगाएत सम्पूर्ण कतार बासि सहयोगी मनहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।  उहाँहरूले अहोरात्र गरेको मेहनतलेमात्र यत्ती छोटो समयमा उल्लेखनीय सफला प्राप्त भएको हो।  अझै सहायोग प्राप्त हुने क्रम जारी नै छ । साथै यो विश्वासलाई शक्तिमा बदल्ने प्रतिवद्दता गर्दछु। “

सियोनाको लागि संसारभर बाट नेपाली रुपैयाँ १३ करोड भन्दा बढी सहयोग प्राप्त भैसकेको र अझै त्यतिनै सहयोग आवश्यक परेको हुँदा यो पहिलो चरणको सहयोग भएको र यसको लागि थप योजना समेत रहेको डि आर के समुहाका सल्लाहकार राजन चापागाईले जानकारी दिए।  उनले थपे, “प्रदेशमा रही कुनै पनि विषम परिस्थिति श्रीजना भएमा हामि सक्रिय भएर लाग्ने छौं। “

अभियानमा  समुहका केशब राज भुसाल, दीपक बीसी ,गिरिराज केसी, अनिल कुमार, बिक्रम उपरकोटी, सरिता दर्जी ,छबिलाल परियार अथवा डि आर के समुह कतारबाट नेपालीहरुको दुख सुखको चौतारी बनेको चर्चित कार्यक्रम इन्द्रेणीका कुशल संचालक कृष्ण कंडेलको नाममा रु ५ लाख ५ सय ५८ र नबराज तिमिलसिना को नाममा ५ लाख २० हजार गरी जम्मा नेपाली रुपैया १० लख २५ हजार ६ सय ५८ रुपैयाँ  पठाईएको र यस मध्ये २० हजार इन्द्रेणीको व्यवस्थापनका लागि र बाँकी रकम सियोनाको पचारमा खर्च हुने दाङ देउखुरी सेवा समाज कतारका उपाध्यक्ष छबिलाल बुढाथोकीले जानकारी दिए।

इन्द्रेणी समुहले श्रेष्ठ को घर परिवारलाई एक कार्यक्रमका विच विभिन्न क्षेत्रबाट आएको सहयोगलाई एकीकृत गरी हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्द्रेणी श्रोतले बताएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस