Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए

ट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए


अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा अप्रत्याशित नतिजा आए पछि रिसको झ्वाकमा रक्षा सचिवलाई हटाएका छन् । यता नव निर्वाचित राष्ट्रपति जो बाइडेनले धमाधम आफ्ना कार्यहरु प्रारम्भ गरि रहेको समयमा यता ट्रम्पले निस्काशित गरेका हुन् ।

रक्षा सचिव मार्क एसपरलाई हटाए पछि क्रिस्टोफर मिलर कार्यवाहक रक्षा सचिव हुनेछन । सोमबार नोभेम्बर ९ का दिन राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत तिमीलाई हटाईएको छ भनि ट्वीटरमा लेखे पछि उनि झसङ्ग भएका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालभरि यसरी नै दर्जनौलाई हटाएका छन् । उनको शैली नै यस्तो छ । एस्परसंग केही दिन अगाडी देखि नै तनाव भै रहेको अवस्था थियो भनि सिएनएनले उल्लेख गरेको छ ।

श्रोत :सिएनएन


क्याटेगोरी : समाचार, अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस