Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकानव निर्वाचित राष्ट्रपति बाइडेनद्वारा संक्रमणकालिन कोभिड-१९ नयाँ परामर्श समिति गठन

नव निर्वाचित राष्ट्रपति बाइडेनद्वारा संक्रमणकालिन कोभिड-१९ नयाँ परामर्श समिति गठन


अमेरिका –– नव निर्वाचित राष्ट्रपति बाइडेनले संक्रमणकालिन कोभिड-१९ परामर्श समिति गठन गरेको घोषणा गरेका छन । निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उप राष्ट्रपति कमला ह्यारिस दुवैले कोभिड-१९ नव परामर्श समितिमा विभिन्न व्यक्तित्वहरुलाई नियुक्ति गरि समिति सहित उनीहरुलाई समेत सार्वजनिक गरेका छन् ।

उक्त समिति स्थापित जन स्वास्थ्य अधिकारीहरूले नेतृत्व गरेका छन् । जसमा चिकित्सकहरु,वर्तमान र पूर्व सरकारी अधिकारीहरूको मिश्रण रहेको छ । परामर्श समितिको सह-अध्यक्षतपूर्व एफडीए आयुक्त डेभिड केसलर, पूर्व शल्य चिकित्सक विवेक मूर्ति ,डा मार्सेला नुनेज-स्मिथ लगायत रहेका छन् ।

यसै गरि उक्त समितिमा ओबामाकेयर निर्माता(आर्किटेक्ट) डा ज़ेक इमानुएल, लेखक डा अतुल गवाँन्ड़े र ट्रम्प प्रशासनका रिक ब्राइट लगायतका प्रसिद्ध चिकित्सकहरू पनि सलग्न छन् ।

उनले खोप आए पछि अमेरिकी जनतालाई निशुल्क उपलब्ध गराईने समेत जानकारी गराए । नव गठित परामर्श समितिसंग बैठक गरे पछि सबैले मुखावरण (मास्क)लगाउने कुरामा जोड दिए । मुखावरण लगाए पछि कोरोना संक्रमित हुन् बाट बचिने बताए ।

हामी दशौ हजारको जीवन बचाउन सक्दछौं यदि हरेकले मात्र केही महिनाको लागी मास्क(मुखावरण) लगाउनु भयो भने । डेमोक्र्याटिक वा रिपब्लिकनको जीवन मात्र हैन अमेरिकनहरुको जीवन ”बाइडेनले भने। “कृपया, म तपाईंलाई बिन्ती गर्दछु, मास्क(मुखावरण ) लगाउनुहोस्।”

श्रोत :सिएनएन


क्याटेगोरी : समाचार, अमेरिका
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस