गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी एजेन्सी कात्तिक २४, २०७७ गते २१:०२ मा प्रकाशित अमेरिका — प्रारम्भिक अनुसन्धानले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारीहुने देखाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर यो भ्याक्सिन तयार गरेका हुन् ।परीक्षणमा भ्याक्सनको प्रभावकारीता उत्कृष्ट देखिएको दिनलाई फाइजर कम्पनीका मालिक अल्बर्ट बोउर्लाले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।यो भ्याक्सिन ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण भइसकेको छ र सुरक्षाका विषयमा कुनै सवाल उठेको छैन । यी कम्पनीहरुले यसै महिनाको अन्त्यसम्म भ्याक्सिन प्रयोग गर्न पाउनेगरी आपतकालिन स्वीकृति लिन आवेदन दिने योजना बनाएका छन् ।फिजर कोभिड भ्याक्सिनको समाचारपछि स्कट मार्केट आकाशिएको छ ।मानिसहरुले झेलिरहेको लकडाउन र अन्य विभिन्न खाले कडाइबाट बाहिर निस्कनका लागि भ्याक्सिन र अन्य उत्कृष्ट उपचारहरुलाई उपयुक्त बाटोका रुपमा हेरिएको छ ।अहिले झन्डै एक दर्जन भ्याक्सिनहरु अन्तिम चरणको परीक्षणमा छन् । तर, प्रभावकारी नतिजा देखाउने यो पहिलो भ्याक्सिन हो । यसले पूर्णत प्रयोगात्मक तरिका अबलम्बन गर्छ, जसअनुसार प्रतिरोधी प्रणालीलाई अभ्यस्त गराउन भाइरसको जेनेटिक कोडको हिस्सामा इन्जेक्ट गरिन्छ । विगतका परीक्षणहरुले देखाएअनुसार एन्डिबडी र कोरोनाविरुद्ध लड्ने प्रतिरोधी प्रणालीको अर्को हिस्सा ‘टी सेल्स’ दुुबै निर्माण गर्न भ्याक्सिनले शरीरलाई अभ्यस्त गराउँछ । तीन साताको फरकमा दुुई डोजन लगाउनुपर्छ ।अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणले दोस्रो डोज लगाएको ७ दिनपछि ९० प्रतिशत सुरक्षा मिलेको देखाएको हो । फिजरले वर्षको अन्त्यसम्म ५ करोड डोज भ्याक्सिन आपुर्ति गर्नका लागि आफुु सक्षम हुने विश्वास गरेको छ । त्यस्तै, वर्ष २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड भ्याक्सिन तयार गर्न सकिने कम्पनीले जनाएको छ ।क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप