गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो सपना छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो सपना एजेन्सी कात्तिक २४, २०७७ गते २०:५७ मा प्रकाशित अमेरिका — अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपति ट्रम्पलाई कडा टक्कर दिइरहेका डेमोक्रेटिक उम्मेद्वार जो बाइडन आफ्नो जीतको विषयमा निकै विश्वस्त छन् । जो बाइडन यसअघि दुईपटक अमेरिकाको राष्ट्रपति पदको चुनाव लडिसकेका छन् । यद्यपि, एक समय यस्तो पनि थियो जब जो बाइडन आफू नभई आफ्ना जेठो छोरा राष्ट्रपति पदको चुनाव लडोस् भन्ने चाहन्थे ।जो बाइडनका दुई छोरा छन् । जोसेफ ब्यू बाइडन र हन्टर बाइडन । जोसेफ उनका जेठो छोरा थिए । सन् २०१५ मा जोसेफको ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो । उनी ४६ वर्षका थिए ।आफ्नो पिताको नक्सा कदममा चल्दै जोसेफ ब्यू बाइडनले पनि आफ्नो करियर राजनीतिमा बनाएका थिए । उनी सन् २००७ देखि २०१५ सम्म यूएस स्टेट अफ डेलवायरको ४४ औं एटोर्नी जनरल रहेका थिए ।जो बाइडन सधैं उनका छोराले अमेरिकाको राष्ट्रपतिको पदको कमान सम्हालोस् भन्ने चाहन्थे । बाइडनले आफ्नो मेमोएरमा आफ्नो छोराबारे लेखेका थिए – म सधैं चाहन्थेँ कि मेरो छोरा राष्ट्रपति पदको चुनावको लागि लड्न सक्छ र ऊ पनि आफ्नो भाइले मद्दतले जित्न सक्छ ।जोसेफ ब्यू सन् २००८ र सन् २०१३ मा अमेरिकाका पूर्व राष्ट्रपति ओबामाको क्याम्पेनको महत्वपूर्ण सदस्य थिए । सन् २०१५ मा ब्रेन क्यान्सरका कारण उनको मृत्यु भयो ।यद्यपि, ब्यूको मृत्यु अघि पनि बाइडनको परिवारमा एउटा निकै त्रासदीपूर्ण दुर्घटना भएको थियो । सन् १९७२ मा जो बाइडनकी जेठी श्रीमती निएला हंटर र छोरी नेओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । ब्यू र हंटर पनि कारमा थिए र उनीहरुलाई गम्भीर चोट लागेको थियो तर उक्त दुर्घटनामा दुबैको ज्यान बचेको थियो । त्यसको केही वर्षपछि जो बाइडनले दोस्रो विवाह गरे । दोस्रो सम्बन्धबाट उनकी एक छोरी एश्ले बाइडनको जन्म भयो ।यता बाइडनका कान्छो छोरा हंटर बाइडन थुप्रै विवादमा घेरिसकेका छन् । उनीमाथि आफ्नो पिताको पदको फाइदा उठाएको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष एक पत्रकार सम्मेलनमा चीनले हंटरलाई एक ट्रेड डीलका लागि अत्यधिक पैसा दिएको आरोप लगाएका थिए ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार२५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्तापोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीनराष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय…सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट टोबि द जेन्टलमेन २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता सरकारले गर्यो मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन बेलायतको सुपरयाटमा आगलागी