गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो सपना छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो सपना एजेन्सी कात्तिक २४, २०७७ गते २०:५७ मा प्रकाशित अमेरिका — अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपति ट्रम्पलाई कडा टक्कर दिइरहेका डेमोक्रेटिक उम्मेद्वार जो बाइडन आफ्नो जीतको विषयमा निकै विश्वस्त छन् । जो बाइडन यसअघि दुईपटक अमेरिकाको राष्ट्रपति पदको चुनाव लडिसकेका छन् । यद्यपि, एक समय यस्तो पनि थियो जब जो बाइडन आफू नभई आफ्ना जेठो छोरा राष्ट्रपति पदको चुनाव लडोस् भन्ने चाहन्थे ।जो बाइडनका दुई छोरा छन् । जोसेफ ब्यू बाइडन र हन्टर बाइडन । जोसेफ उनका जेठो छोरा थिए । सन् २०१५ मा जोसेफको ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो । उनी ४६ वर्षका थिए ।आफ्नो पिताको नक्सा कदममा चल्दै जोसेफ ब्यू बाइडनले पनि आफ्नो करियर राजनीतिमा बनाएका थिए । उनी सन् २००७ देखि २०१५ सम्म यूएस स्टेट अफ डेलवायरको ४४ औं एटोर्नी जनरल रहेका थिए ।जो बाइडन सधैं उनका छोराले अमेरिकाको राष्ट्रपतिको पदको कमान सम्हालोस् भन्ने चाहन्थे । बाइडनले आफ्नो मेमोएरमा आफ्नो छोराबारे लेखेका थिए – म सधैं चाहन्थेँ कि मेरो छोरा राष्ट्रपति पदको चुनावको लागि लड्न सक्छ र ऊ पनि आफ्नो भाइले मद्दतले जित्न सक्छ ।जोसेफ ब्यू सन् २००८ र सन् २०१३ मा अमेरिकाका पूर्व राष्ट्रपति ओबामाको क्याम्पेनको महत्वपूर्ण सदस्य थिए । सन् २०१५ मा ब्रेन क्यान्सरका कारण उनको मृत्यु भयो ।यद्यपि, ब्यूको मृत्यु अघि पनि बाइडनको परिवारमा एउटा निकै त्रासदीपूर्ण दुर्घटना भएको थियो । सन् १९७२ मा जो बाइडनकी जेठी श्रीमती निएला हंटर र छोरी नेओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । ब्यू र हंटर पनि कारमा थिए र उनीहरुलाई गम्भीर चोट लागेको थियो तर उक्त दुर्घटनामा दुबैको ज्यान बचेको थियो । त्यसको केही वर्षपछि जो बाइडनले दोस्रो विवाह गरे । दोस्रो सम्बन्धबाट उनकी एक छोरी एश्ले बाइडनको जन्म भयो ।यता बाइडनका कान्छो छोरा हंटर बाइडन थुप्रै विवादमा घेरिसकेका छन् । उनीमाथि आफ्नो पिताको पदको फाइदा उठाएको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष एक पत्रकार सम्मेलनमा चीनले हंटरलाई एक ट्रेड डीलका लागि अत्यधिक पैसा दिएको आरोप लगाएका थिए ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट