Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितहुनेको संख्या २५७१ ,उपत्यकामा मात्र १४२८ संक्रमित

नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितहुनेको संख्या २५७१ ,उपत्यकामा मात्र १४२८ संक्रमित


काठमाडौं — नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितको हुनेको संख्या संख्या २ हजार ५ सय ७१ पुगेको छ । बिगत ४ घण्टामा अधिराज्यभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ७ सय ९८ जना निको भएको जनाएको छ । हालसम्म १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । यसैगरी हालसम्म कोरोनाबाट १ हजार १ सय २६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर(जाँच)गरिएको छ भने क्वारेन्टाइन(संगरोधन)मा ९ सय ६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेका छन्

यसै गरि स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र बितेको २४ घण्टामा थप १ हजार ४ सय २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ सय ३० महिला र ७ सय ९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये काठमाडौंमा १५ हजार ९ सय २८, ललितपुरमा २ हजार २ सय ५९ र भक्तपुरमा १ हाजर १ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस