Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ ट्राफिकद्वारा अनटेष्ट सवारी साधनमाथी निगरानी, एकैदिन ८३ वटा मोटरसाइकल र कार समात्यो

दाङ ट्राफिकद्वारा अनटेष्ट सवारी साधनमाथी निगरानी, एकैदिन ८३ वटा मोटरसाइकल र कार समात्यो


दाङ —  जिल्ला ट्राफिक कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनमाथि निगरानी बढाएको छ ।

ट्राफिक कार्यालयले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाहीसम्म गरेको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए ।

सडकमा सरप्राइज चेकिङ गर्दै ट्राफिक प्रहरीले जिल्लाभरि निगरानी बढाएको हो । शुक्रबारमात्रै घोराहीको तुलसीपुर चोकसहित बजारका बिभिन्न भागमा चेकिङका क्रममा नम्बर नलखेर चलाइरहेका अनटेष्ट ३० वटा गाडीहरु नियन्त्रणमा लिर्इ जरिवाना गरिएको छ ।

जिल्ला ट्राफिक प्रमुख जिसीले ५३ वटा साना तथा ठुला सवारी साधनलाई पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको र यदि अटेर गरेमा जरिवाना गरेर कारबाही गरिने बताए ।

उनले यो सरप्राइज चेकिङ अभियान एक हप्ता चल्ने जानकारी दिए । नम्बर नलेखेर चलाउने अनटेष्टमा मोटरसाइकल र कारहरु धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस