Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु

कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु


जिएनएन – कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन।

उनीहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन भने दुर्घटनामा अर्का एक बिदेशी नागरिक पनि परेका छन।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले भने”सिजिजिसी कम्पनीको स्टाफ बसलाई बिपरित दिशाबाट आएको अर्को सबारी साधनले ठक्कर दिदा उक्त सडक दुर्घटना भएको हो।घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको ४ नोभेम्बर बुधबारकै दिन र पल बहादुर पुनको ५ नोभेम्बर बिहिबारको दिन उपचारको क्रममा मृत्यु भएको हामीलाई जानकारी प्राप्त भएको छ।”

सिलवालले थपे “अर्का एक बिदेशी नागरिक पनि दुर्घटनामा परेका छन।उनिहरुको कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दुताबास लाग्नेछ।”


क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस