गृहपृष्ठ ∕ ग्लोबल ∕ कुवेतद्वारा १० महिनामा १३ हजार आप्रबासी कामदारहरुलाई देश निकाला,अबैधानिकलाई नछोडिने कुवेतद्वारा १० महिनामा १३ हजार आप्रबासी कामदारहरुलाई देश निकाला,अबैधानिकलाई नछोडिने दीप संञ्चार कात्तिक १९, २०७७ गते १९:१२ मा प्रकाशित हरि कृष्ण न्यौपाने–कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो।कुवेतको अनलाइन पत्रीका अरब टाइम्समा कुवेतका गृह मन्त्रालयका जनरल इसाम अल नवाम (Issam Al Naham)का अनुसार भनेर प्रकाशित समाचारमा भनिएको छ”यो १० महिनामा १३ हजार आप्रबासीहरुलाई डिपोर्ट गरिएको संख्या पछिल्ला दुई बर्षको अनुपातमा कम संख्या हो।सन २०१८ मा ३४ हजार र सन २०१९ मा ४० हजार आप्रबासी कामदारहरुलाई विभिन्न नियम उल्लंघन र कानुनले बर्जित गरेको काम गरेको अभियोगमा देश निकाला गरिएको थियो।यो बर्ष कोरोना प्रकोपको कारण धेरै देशमा एयरपोर्ट बन्द भएकाले पनि देश निकाला गर्नेको संख्यामा कमि आएको समाचारमा जनाइएको छ।त्यसै गरि केही अफ्रिकन देशहरुको एयरपोर्ट अझै बन्द भएका र ती देशका नागरिकले तिर्नु पर्ने जरिवाना तिर्न नसकेका कारण केही अफ़्रिकि मुलुकका आप्रवासी कामदारहरुलाई लामो समय सम्म कस्टडीमै राख्नु परेको जनाइएको छ। त्यति मात्र होइन अबैधानिक काममा संलग्न र कुवेतको भिसा सम्बन्धी नियम उल्लंघन गर्ने जो कोहिलाई पनि तत्काल समाउन निर्देशन दिईएको समाचारमा जनाईएको छ।कुवेत सरकारले केही समय देखि अबैधाबिक गतिबिधी माथि पूर्ण नीग्रानी बढाउदै यस्ता क्रियाकलापमा संलग्न आप्रवासी कामदारहरुलाई सिधै देश निकाला गर्ने गरेको छ।”Clean up the Country” क्याम्पियननै शुरु गरि यस्ता अबैधानिक काममा लाग्नेहरु र भिसा नियम उल्लंघन गर्ने आप्रबासी कामदारहरुलाइ कुवेत सरकारले कडाई गर्ने जनाईएको छ।यसरि देश निकाला(डिपोर्ट) प्रक्रियाबाट गएका कुनै पनि आप्रवासीहरुले पुन: कुवेत आउन पाउने छैनन।तर कोरोना महामारीको समयमा अप्रिल १ देखि दिईएको १ महिने आममाफिको फाइदा उठाउदै आ-आफ्नो मुलुक फर्किएका करिब २८ हजार अबैधानिक आप्रवासी कामदारहरुले भने कुवेत पुन: फर्किन चाहेमा नयाँ भिसा मार्फत आउन पाउनेछन।यद्यपि कुवेतले कोरोना प्रकोपबाट उत्पन्न परिस्थितिको कारण देखाउदै सन २०२० भरी र सम्भबत २०२१को पहिलो अर्धबार्षिक सम्म आप्रवासी कामदारहरुका लागि नयाँ भिसा नखोल्ने यस अघि नै जनाईसकेको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुनेफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?मलेसियामा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न, सामाजिक क्षेत्रमा योगदान पुर्याउने…उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश