गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा जीएनएन कात्तिक १९, २०७७ गते १८:४१ मा प्रकाशित अमेरिका — संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली मूलका अमेरिकी नागरिकहरुका बीचमा गरिएको एक मत सर्वेक्षणले दुई तिहाइ भन्दा बढी नेपाली-अमेरिकीहरु डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडनको पक्षमा रहेको देखाएको छ। नोभेम्बर २, २०२० मा भूगोलपार्क डटकमले नेपाली मूलका अमेरिकी नागरिकहरु बीच मत सर्वेक्षण गरेको हो ।अमेरिकी राष्ट्रपति पदका दुइ जना उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र बराक ओबामासंग काम गरेका पूर्व उपराष्ट्रपति जो बाइडनमध्ये कसलाई भोट गर्नुहुन्छ भनेर गरिएको मत सर्वेक्षणमा सहभागीहरु मध्ये ७६% नेपालीमूलका अमेरीकीले जो बाइडन र २०% नेपालीमूलका अमेरीकीले डोनाल्ड ट्रम्पलाई भोट गरेका थिए । सो नतिजाले नेपाली मूलका अमेरिकी नागरिकहरुमाझ राष्ट्रपति ट्रम्प प्रतिपक्षी जो बाइडन भन्दा धेरै फराकिलो मतान्तरले पछाडी परेको देखाएको छ ।अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको भुगोलपार्क डटकमले नेपालमा हालसम्म ९ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु गरिरहेको छ ।प्लस माइनस ५.५ को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपति निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १० शीर्षक र डेमोग्राफिक्समा प्रश्नहरु थिए । पुरा डेटा विश्लेषण आगामी २ दिनमा पुरा हुने अपेक्षा गरिएको छ । भूगोलपार्क डटकमकी संचालक शुष्मा सुवालले उक्त मत सर्वेक्षण मोडल वैज्ञानिक र विश्वका अग्रणी सर्वेक्षणकर्ताहरुले प्रयोग गरेको मतदान विधिसँग मिल्दोजुल्दो रहेको बताइन् ।क्याटेगोरी : समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल