गृहपृष्ठ ∕ समाचार ∕ इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह स्कुल, कलेज र विश्वविद्यालय भने खुलै रहने दीप संञ्चार कात्तिक १६, २०७७ गते ७:२७ मा प्रकाशित लन्डन (जीएनएन) — कोभिड -१९ को तीव्र संक्रमण रोक्ने प्रयास स्वरुप ब्रिटिश सरकारले इंग्ल्याण्डमा बिहीबारदेखि झन्डै एक महिना लामो लकडाउन गर्ने प्रस्ताव गरेको छ ।शनिबार बेलुका एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो लकडाउन गरिने घोषणा गरे।तर स्कुल, कलेज र विश्वविद्यालयहरु भने खुलै रहने छन् ।रेस्टुरेन्ट र पबहरु बन्द हुने छन्, तर टेक अवेहरु भने खुलै रहने छन्।सुपर मार्केटहरु पनि खुलै रहने छन्।प्रधानमंत्री जोन्सनले ब्रिटिश संसदमा प्रस्तावित लकडाउनबारे बुधबार बहस गरिने र त्यस पछि मतदान पनि हुने बताए। संसदले लकडाउन गर्ने पक्षमा मतदान गरेमा बिहीबार, ५ नोभेम्वर देखि डिसेम्बर २ तारिख, २०२० सम्म इङ्गल्याण्ड भरि लागु हुने छ।ब्रिटेनका अन्य राज्यहरुमा पनि प्रान्तीय सरकारहरुले कोरोना संक्रमण रोक्न विभिन्न उपायहरु घोषणा गरेका छन्।दैनिक मृत्युदर ४ हजार बढी हुनसक्ने उल्लेख छ ।बेलायतमा कोभिड-१९ का कारण हुने मृत्यु दैनिक एकहजारसम्म पुगेको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा गरीए पछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले पनि लकडाउन गर्न लागेको हो ।“आआफ्नो घरमै बस्नोस्, एनएचएसलाई जोगाउनोस् र मानिसहरुको ज्यान बचाउनोस्,” प्रधानमंत्री जोन्सनले भने।ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवालाई ‘एनएचएस’ भनिन्छ।ब्रिटेनमा दस लाख भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमण भएकोमा ४६,००० भन्दा बढीको ज्यान गइसकेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !