गृहपृष्ठ ∕ समाचार ∕ इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह स्कुल, कलेज र विश्वविद्यालय भने खुलै रहने दीप संञ्चार कात्तिक १६, २०७७ गते ७:२७ मा प्रकाशित लन्डन (जीएनएन) — कोभिड -१९ को तीव्र संक्रमण रोक्ने प्रयास स्वरुप ब्रिटिश सरकारले इंग्ल्याण्डमा बिहीबारदेखि झन्डै एक महिना लामो लकडाउन गर्ने प्रस्ताव गरेको छ ।शनिबार बेलुका एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो लकडाउन गरिने घोषणा गरे।तर स्कुल, कलेज र विश्वविद्यालयहरु भने खुलै रहने छन् ।रेस्टुरेन्ट र पबहरु बन्द हुने छन्, तर टेक अवेहरु भने खुलै रहने छन्।सुपर मार्केटहरु पनि खुलै रहने छन्।प्रधानमंत्री जोन्सनले ब्रिटिश संसदमा प्रस्तावित लकडाउनबारे बुधबार बहस गरिने र त्यस पछि मतदान पनि हुने बताए। संसदले लकडाउन गर्ने पक्षमा मतदान गरेमा बिहीबार, ५ नोभेम्वर देखि डिसेम्बर २ तारिख, २०२० सम्म इङ्गल्याण्ड भरि लागु हुने छ।ब्रिटेनका अन्य राज्यहरुमा पनि प्रान्तीय सरकारहरुले कोरोना संक्रमण रोक्न विभिन्न उपायहरु घोषणा गरेका छन्।दैनिक मृत्युदर ४ हजार बढी हुनसक्ने उल्लेख छ ।बेलायतमा कोभिड-१९ का कारण हुने मृत्यु दैनिक एकहजारसम्म पुगेको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा गरीए पछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले पनि लकडाउन गर्न लागेको हो ।“आआफ्नो घरमै बस्नोस्, एनएचएसलाई जोगाउनोस् र मानिसहरुको ज्यान बचाउनोस्,” प्रधानमंत्री जोन्सनले भने।ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवालाई ‘एनएचएस’ भनिन्छ।ब्रिटेनमा दस लाख भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमण भएकोमा ४६,००० भन्दा बढीको ज्यान गइसकेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप