Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५यहि आर्थिक वर्षमा जनताको घर-घरमा पानीको धारा पुग्छ

यहि आर्थिक वर्षमा जनताको घर-घरमा पानीको धारा पुग्छ


दाङ — गढवा गाउँपालिका वडा नम्बर १ मा झण्डै आठ करोड बराबरको खानेपानीको योजना सम्पन्न भएको छ । अब पाइप विस्तार गर्ने कार्य बाकी रहेको छ ।

खानेपानी नहुदा वडाबासीले निकै दुख झेल्दै आएका थिए । अब पाइप लाइन विस्तारको कार्य पनि लगत्तै शुरु हुने भएको छ । यहि चालू आर्थिक वर्ष भित्र वडाबासीको घर घरमा स्वच्छ पिउने पानीको धारा र मिटर पुर्याउने लक्ष्य रहेको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले बताए ।

वडाका सबै गाउँमा पिउने पानीको ब्यवस्था नहुदा घण्टौ हिडेर खोलाको पानी पिउनु पर्ने स्थानीयको वाध्यता छ ।

अहिलेसम्म गढवा गाउँपालिका वडा नम्बर १ का ६ वटा गाउँमा खानेपानी याेजनाकाे काम सम्पन्न भैसकेको छ । करिब ८ कराेड २३ लाखकाे लागतमा वडा नम्बर १ मा मात्रै ६ वटा खानेपानी याेजनाहरू सम्पन्न भएको हाे ।

आर्थिक वर्ष ०७६/०७७ मा प्रदेश सरकारकाे सशर्त अनुदानबाट ३५ लाख बजेट र खानेपानी डिभिजन कार्यालय दाङकाे ७० लाख बजेट गरि कुल १ कराेड ५ लाख लागतमा कालाकाटे खानेपानी तथा सरसफाइ याेजनाकाे काम शुरु भएको थियो ।

खानेपानी डिभिजन कार्यालय दाङकाे ३ कराेड ७८ लाख ८७ हजार ८ सय ९ रूपैयाँको लागतमा मलमला खानेपानी तथा सरसफाइ याेजना अन्तरगत अाेभेरहेट टंकि र डिप बाेर्डिङ, कार्यालय, विद्युत् विस्तार, पाइप विस्तार कार्य सम्पन्न भएको छ ।

यस्तै प्रदेश सरकारकाे सशर्त अनुदानबाट ९० लाखकाे लागतमा जेठानगाउँ खानेपानी तथा सरसफाइ याेजना अन्तरगत पाइप विस्तार, डिप बाेर्डिङ, विद्युत् विस्तार, माेटर हाउस सम्पन्न भएको छ र अाेभरहेड टंकि अन्तिम चरणमा रहेको छ ।

यता खानेपानी डिभिजन कार्यालय दाङबाट १ कराेड ४० लाख बजेट विनियोजन भइ पत्रिङ्गा खानेपानी तथा सरसफाइ याेजना अन्तरगत अाेभरहेट टंकि, कार्यालय , कम्पाउण्ड, विद्युत्, पाइस विस्तार माेटर हाउस सम्पन्न भएको हाे ।

साेहि वडामा जिल्ला खानेपानी डिभिजन कार्यालय दाङबाट ५०/ ५० लाखकाे लागतमा याेजना अन्तरगत वनघुस्री/ बनबारी खानेपानी तथा सरसफाइ याेजना अन्तर खानेपानी टंकि, पाइप विस्तार, विद्युत् विस्तार, डिप बाेर्डिङकाे काम सम्पन्न तथा कार्यालय भवन र माेटर हाउसकाे काम बाकि रहेको छ ।

वडामा करिब करिब खानेपानीको सबै कार्य सम्पन्न भएको छ । चुनाव जिते पछि स्थानीयको घर घरमा स्वच्छ पिउने पानी पुर्याउने वडाध्यक्ष अधिकारीले प्रतिबद्धता जनाएका थिए ।

वडामा अन्य काम पनि नभएका हैनन तर पहिलो प्राथमिकता पानीलाई दिएको छु उनले भने । अन्य कामलाई पनि आवश्यकताको आधारमा क्रमश अगाडि बढाउदै लैजाने योजना रहेको वडाध्यक्ष अधिकारीले सुनाए । वडाकै विकासका लागि जनताले मलाई निर्वाचित गराए, जनताको कामलाई नै समय दिएको छु उनले भने ।

गढवा गाउँपालिकाको वडा नम्बर १ मा खानेपानीको सम्पुर्ण काम सम्पन्न भएर घर घरमा धारा र मिटर जडान भयो भने झण्डै एघार सय घरधुरी संख्याका स्थानीय लाभान्वित हुनेछन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस