गृहपृष्ठ ∕ समाचार ∕ यादव समाजद्वारा घटनाको भर्त्सना यादव समाजद्वारा घटनाको भर्त्सना दीप संञ्चार कात्तिक १४, २०७७ गते १८:४८ मा प्रकाशित दाङ — यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव माथी भएको संघातिक हमलाको भर्त्सना गर्दै यादव समाज सेवा संघले एक प्रेस बिज्ञप्तिमा जारी गरेको छ ।बिजयादशमीको दिन दुर्गामाताको मुर्तीको बिसर्जन गर्ने बेला जय माता दि लेखिएको पट्टि बितरण गर्ने क्रममा बिबाद उत्पन्न भएपछी बिबाद समाधान गर्न खोज्दा अपराधिक मानसिकताले पछाडी बाट यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवलाई ढुंगा प्रहार गरि घाइते बनाएको घटना प्रती यादव समाज सेवा संघको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख्य गरिएको छ ।यादव समाज सेवा संघका महासचिव मिन्तीराम यादवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा २०५२ साल देखि यादव समाजमा ब्याप्त रहेको कुरिती कुसंस्कार हटाउदै समृद्ध समाज निर्माणमा अहंम भुमिका खेलिरहेको यादव समाजको मान मर्यादामा आंच आउने गरि संस्थाका अध्यक्षलाई अङ्गभंग हुने गरि गरिएको आक्रमणको निन्दा गर्दै दोषिहरुको पहिचान गरि हदै सम्मको कारबाहीको माग गरिएको छ ।साथै बिज्ञप्तिमा अध्यक्ष हिरालाल यादव लगायत सम्पुर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।त्यसै गरि संस्थाका महासचिव मिन्तिराम यादवले एक अर्को प्रेस बिज्ञप्ति जारी गर्दै यादव समाजका पुर्व केन्द्रिय समिती सदस्य टिपुर यादवको धर्मपत्नी राधा यादवको यहि कार्तिक ११ गते भएको असमायिक निधनले शोक सन्तप्त परिवारजनमा इस्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृत आत्माको चीर शान्तिको कामना गरिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै