बाँच्ने आस मरि सकेको थियो तर मृत्युलाई जितेर फर्किए—सांसद चौधरी
दाङ — नेपाली कांग्रेसका नेता, पुर्व मंत्री तथा लुम्बिनी प्रदेसका सार्बजनिक लेखा सभापति डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गरि घर फर्किएका छन् । चौधरी बुधवार मात्र बाँकेको नेपालगंज स्थित भेरी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
काँग्रेस नेता चौधरी डिस्चार्ज भएर अहिले नेपालगंजमा रहेको आफ्नै घरको आइसोलेनसमा बसेका छन् ।
दीप सञ्चार मिडियासंग कुराकानी गर्दै नेता चौधरीले आफुले अब बाँच्छु भन्ने आस मारी सकेको भन्दै मृत्युलाई जितेर फेरी नयाँ जन्म पाएको बताए ।
बुटवल हुँदा नै आफुलाई ज्वरो आउने, शरीर दुख्ने भैरहेको थियो । व्यस्तताका कारण चेकजाँच गर्न नपाएको बताए । केहि दिन पछी दाङ्ग आएर पिसिआर परिक्षण गर्दा दुई पटक नेगेटिभ र दुई पटक पोजेटिभ आएको थियो । दाङ्गमा आएपछि उनको शरीरले थेग्न नसक्ने गरि ज्वरो आएको थियो ।
म दाङ्ग आइसकेपछि कोरोनाका लक्षण देखा परि सकेका थिए, खाना मिठो नहुने, मुख सुक्खा हुने लगायतका समस्या हुँदै गएको थियो । उनी निकट एक जना डाक्टरले चेकजाँच पश्चात नेपालगंज जान सल्लाह दिएका थिए । त्यसपछि उनि नेपालगंजको भेरी अस्पताल पुगेका थिए ।
उनलाई स्वास्थ्यकर्मीले अझै केहि दिन होम आइसोलेसनमा बस्न सुझाब दिएको बताए । पहिले सांसद चौधरीलाई कोरोना संक्रमण भएपछि ब्लड प्रेसर उच्च भएको थियो । उनी सुगरका विरामी पनि थिए ।
यसैविच सांसद चौधरीले कोरोनालाई कसैले पनि हल्का रुपमा नलिन आग्रह गरेका छन । आफु संक्रमित भएर अस्पतालमा बस्दाको पिडा सुनाउदै सांसद चौधरीले सके सम्म यो रोगलाई नेपाल बाटै निर्मुल पार्नु पर्नेमा सरकारको ध्यान जान जरुरि देखिन्छ ।
यसैबीच प्रदेस सांसद चौधरीले कसैलेपनि कोरोनालाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् । ‘म मृत्यु जितेर फर्किएको छु,’ चौधरीले भने । कोरोनालाई कसैले पनि ख्याल ठट्टा नसंझनु होला, लापरबाही नगर्नु होला ।
आवश्यक सावधानी अपनाउनु होला । यसले जतिबेला र जस्लाई पनि जोखिममा पार्न सक्छ । उनले आफुले कोरोनाका कारण निकै पीडा झेल्नु परेको बताए ।
आफ्नो उपचारमा दिनरात खटिएर सघाउने भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, फोनबाट मनोबल प्रदान गर्ने सबै शुभचिन्तक र आफन्तमा धन्यवाद ज्ञापन गरेका छन् ।
लुम्बिनी प्रदेश भरिका अस्पताललाई व्यवस्थित गर्न पहल गर्छु:
कोरोना संक्रमण भै अस्पतालबाट भर्खरै डिस्चार्ज भएका नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेसका सार्बजनिक लेखा सभापति डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश भरि रहेका सरकारी अस्पताललाई व्यवस्थित गर्ने बताए ।
सरकारले सर्व प्रथम स्वास्थ्यलाई प्राथमिकता दिनु पर्छ, जनता रोगले मर्न नपरोस । म आफै अस्पतालमा बसेर फर्केको छु, नेपालगंज भेरी अस्पतालमा स्वास्थ्यकर्मीबाट धेरै राम्रो सेवा पाए, बाँच्ने आस मारी सकेको मैले उहाँहरुको हौसलाले पनि पुनर्जन्म पाए तर प्रदेशका सबै अस्पतालमा त्यस्तै सेवा सुबिधा हुनु पर्दछ तब मात्र मानिसले राम्रो सेवा पाउछ ।
कतिपय अस्पतालको अवस्था दयनीय छ, जसको सिधा असर जनताले खेप्नु पर्छ नेता चौधरीले भने । म पूर्ण रुपमा निको भएर घर फर्किए भने शुरुमा मुख्यमंत्री ज्यु संग यो बारेमा कुरा राख्ने छु । यति बेला देश संकटमा छ, बढी भन्दा बढी बजेट स्वास्थ्यका लागि छुटाउने पहल गर्नेछु ।
प्रदेशका सबै अस्पताललाई व्यवस्थित गराएर जनतालाई सेवा दिने बनाउनेमा मेरो पहल हुनेछ ।
क्याटेगोरी : समाचार, प्रदेश ५
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस