गृहपृष्ठ ∕ समाचार ∕ अक्सफोर्ड बिश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सीनले सफलता पाऊने संकेत अक्सफोर्ड बिश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सीनले सफलता पाऊने संकेत एजेन्सी कात्तिक १२, २०७७ गते १९:२० मा प्रकाशित लण्डन – बेलायतस्थित अक्सफोर्ड बिश्वबिद्धालय ले उत्पादन गर्दै आएको कोरोना भ्याक्सिनले सफलता प्राप्त गर्ने संकेत मिलेको छ। अक्सफोर्डले जनाएअनुसार उसले उत्पादन गरेको भ्याक्सिनले मानिसमा प्रतिरक्षात्मक क्षमता बढाऊने गरेको जनाईएको छ। यद्यपि पहिलो चरणमा परिक्षण गरिएको भ्याक्सिनले बढाऊने गरेको प्रतिरक्षात्मक क्षमताको नतिजा भने सार्वजनिक गरिएको छैन।बिश्वबिद्धालयद्वारा मंगलवार गरिएको पत्रकार सम्मेलनमा भनिएको छ; हामीले ज-जसलाई कोरोनाको भ्याक्सिन लगाईदिएका छौं उनीहरुमा प्रतिरक्षात्मक क्षमता गुणात्मक रुपमा बिकसित हुँदै आएको छ। अक्सफोर्ड बिश्वबिद्धालयले बेलायतमा औषधि उत्पादन गर्दै आईरहेको कम्पनी एस्ट्राजेनेका संगको सहकार्यमा भ्याक्सिन उत्पादन गर्दै आईरहेको छ। बिश्वबिद्धालयका प्रोफेसर एन्ड्र्यु पोलार्डले एक रिसर्च कन्फ्रेन्समा भनेका छन- पछिल्लो पटक परिक्षण गरिएको कोरोना भ्याक्सिनले सकारात्मक नतिजा ल्याएको छ, यसबाट हामी उत्साहित पनि भएका छौं।अक्सफोर्ड बिश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सीनअक्स्फोर्ड बिश्वबिद्धालयका तर्फबाट जारी बिज्ञप्तीमा भनिएको छ; प्रोफेसर पोलार्डले दोस्रो चरणको सुरक्षा एवं प्रतिरक्षा प्रणालीको बारेमा चर्चा गरेका छन, यो दोस्रो चरणमा बेलायतका ७० बर्षभन्दा माथीका नागरिकमा यसको परिक्षण गरिसकिएको छ र एस्ट्राजेनेका भ्याक्सिन तेस्रो चरणको परिक्षणको लागि पनि तयारी हुंदैछ। बिश्वमा भ्याक्सिन बनाऊने दौडमा अक्सफोर्डले उत्पादन गर्दै आईरहेको भ्याक्सिन सबैभन्दा पहिला बनेको हो र यो भ्याक्सिन छिट्टै बजारमा पनि आऊने बिश्वास ब्यक्त गरिएको छ।औषधि उत्पादन गर्ने कम्पनी एस्ट्राजेनेका प्रवक्ताले भनेका छन- ` हामीलाई उत्साह बढिरहेको छ। हामीले उत्पादन गरेको भ्याक्सिनले युवादेखि बयष्कसम्मलाई समान रुपमा प्रभाव पारिरहेको छ। यतिमात्र होईन यो भ्याक्सिन लगाईसकेपछि बृद्धबृद्धाहरुमा कोरोनाको दुष्प्रभाव पनि कम हुँदै गईरहेको छ। यसप्रकारको नतिजाले भ्याक्सिन सुरक्षित एवं प्रभावकारी हुने दिशामा अंघि बढिरहेको पुष्टि हुन्छ।´अक्सफोर्डले उत्पादन गरेको यो भ्याक्सिनले परिक्षणको अन्तिम चरण पार गर्नै लागेको हुँदा यसको नतिजा पनि छिट्टै सार्वजनिक हुने जनाईएको छ। एस्ट्राजेनेकाले कोरोना भ्याक्सिन सप्लाईको लागि विभिन्न देशहरुसंग सम्झौता पनि गरिसकेको छ। बेलायतका स्वास्थ्यमन्त्री मेट हैनककले पनि सन् २०२१ को शुरुवातसंगै बजारमा कोरोनाविरुद्धको भ्याक्सिन आऊने सम्भावना रहेको बताएका छन।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट