गृहपृष्ठ ∕ समाचार ∕ ज्यान लिने उदेश्यले आक्रमण भयो अध्यक्ष – यादव ज्यान लिने उदेश्यले आक्रमण भयो अध्यक्ष – यादव प्रिया स्मृती गजमेर कात्तिक १२, २०७७ गते १९:०१ मा प्रकाशित दाङ — यादव सेवा समाज दाङ्गका अध्यक्ष हिरालाल यादवले आफु माथि ज्यान मार्ने उदेश्यले ढुंगा मुढा प्रहार भएको आरोप लगाएका छन्। ढुंगा मुढा बाट गम्भीर घाइते भएका यादवको अहिले नेपालगंज मेडिकल कलेज कोहोलपुरमा उपचार भैरहेको छ।दुर्गा माताको प्रसादका रुपमा बाडिने पट्टि स्थानिय किशोरीलाई नदिएको निहुँमा विवाद शुरु भएको थियो।मन्दिरमा भएको पट्टि सकिएको छ म पसलबाट लिएर दिन्छु भनेको कारण ति किशोरीका काकाले किन पट्टि दिन्न भनिस भनेर झगडा गर्न थालेपछि विवादले उग्र रुप लिएको हो।सार्वजनिक बाटो मै हातपात र कुटपिट भैरहेको देखेर अध्यक्ष यादवले विवाद के कति कारणले भैरहेको छ भनेर त्यहाँ रहेका समुहलाई सोध्दै गर्दा एक्कासि ढुंगाले हिर्काउदा उनि घटनास्थल मै ढलेका उनका आफन्तले बताए।दाङको राजपुरमा स्थित दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको अर्को पक्षले बताएको छ ।यादव सेवा समाजका जिल्ला अध्यक्ष हिरालाल यादवले आफु माथि ज्यानै लिने उदेश्यले आक्रमण गरेको प्रेस बिज्ञप्तिमा लेखेका छन । आफुले विवाद किन गर्नुहुन्छ भनेर दुवै पक्षलाई सम्झाउन खोज्दा एक्कासि ढुंगाले टाउकोमा हिर्काएको समेत बिज्ञप्तिमा उल्लेख गरेका छन्। टाउकोमा गहिरो चोट भएकोले र रगत जमेकोले कानको सुन्न सक्ने शक्ति बन्द भएको बताएका छन्।इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टका अनुशार केटि जिस्क्याएको कारण झगडा भएको भन्ने खबर प्राप्त भएको हो, दुवै पक्षलाई बसालेर बुझ्न नपाएको उनको भनाई छ।उक्त घटनामा संलग्नहरु अहिले उपचारको शिलसिलामा कोहि बुटवल कोहि नेपालगंज पुगेका छन् उता बात फर्किए भने दुवै पक्षलाई बोलाएर छलफल गर्ने र घटनामा घाइते भएको जुन कुरा छ त्यो डाक्टरले दिएको रिपोर्टका आधारमा प्रहरी अगाडी बढ्ने छ प्रहरी निरीक्षक भट्टले भने।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप