गृहपृष्ठ ∕ समाचार ∕ कोरना संक्रमणबाट पुर्व सभासदको मृत्यु कोरना संक्रमणबाट पुर्व सभासदको मृत्यु दीप संञ्चार कात्तिक ११, २०७७ गते १५:१८ मा प्रकाशित काठमाण्डौ- संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।यसपछि उनलाई घर ल्याइएको थियो । घरमा पुनः बिरामी भएपछि कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिए ।कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजीप दुर्घटना हुँदा २ जनाको मृत्युब्राउन सुगरसहित एक महिला पक्राउएकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्युएकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ८विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ताजा अपडेट प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै ओली प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? लता मङ्गेशकर : प्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा निधन अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप हिमपहिरोमा परी आठ जनाको मृत्यु एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु