Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारवैशाख यता विपदमा परेर ४ सय ६३ जनाको मृत्यु

वैशाख यता विपदमा परेर ४ सय ६३ जनाको मृत्यु


काठमाडौं- बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४ सय ६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना बेपत्ता छन् । यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस