Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ बाँदर धपाउन हानेको गोलीले वृद्धको ज्यान गयो

बाँदर धपाउन हानेको गोलीले वृद्धको ज्यान गयो


प्युठान– बाँदर धपाउन हानेको गोलीले सोमवार प्युठानमा एक वृद्धको मृत्यु भएको छ ।

नौवहिनी गाउँपालिका ५ डामकोटका ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले उनको ज्यान गएको हो। उनीहरुको नाता काका भतिज पर्ने प्युठान प्रहरीले बताएको छ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस