गृहपृष्ठ ∕ समाचार ∕ काठमाण्डौको खुलामञ्चमा सर्वसाधारणलाई टीका काठमाण्डौको खुलामञ्चमा सर्वसाधारणलाई टीका दीप संञ्चार कात्तिक १०, २०७७ गते १९:३५ मा प्रकाशित काठमाडौँ– लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको ‘हाम्रो टीम नेपाल’ले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ।गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो। खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दसैँको अवसर पारेर टीका लगाइदिएको हो।लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टीमले दसैँको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमि पूरा गरेको सर्वसाधारणले बताएका छन्।कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायतका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ। हाम्रो टीम लगायतका संस्थाहरुको पहलले ओली सरकारलाई झापड हानेको सर्वसाधारण भनाइ छ।हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दसैँको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वादभन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए। कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए।आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्षोल्लास छैन। विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ। उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबढ्यो पेट्रोलियम पदार्थको मूल्यसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्ती धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ८नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी