Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५मालपोत र नापी कार्यालय द्वारा राजधानीका लागि जग्गाको विवरण संकलन

मालपोत र नापी कार्यालय द्वारा राजधानीका लागि जग्गाको विवरण संकलन


दाङ्ग- प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश भैसके पछि स्थायी राजधानी देउखुरी उपत्यका भएको छ। अब देउखुरी उपत्यकालाई राजधानी बनाए संगै यहाँको आर्थिक तथा भौतिक रुपमा विकासले फड्को मार्ने सबैको आंकलन छ। यसैविच सरकारी टोलीले राजधानी तोकिएपछि उक्त क्षेत्रमा सरकारी जग्गा खोजी गरिएको छ । मालपोत कार्यालय लमही र नापी कार्यालयले राप्ती गाउँपालिकाको सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाको गोवरडिया र पत्रिङ्गा क्षेत्रमा सरकारी जग्गाको डाटा संकलन गरेको हो ।

यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले खोजी गर्दा एक हजार ४ सय २० बिघा सरकारी, पर्ती , गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको हो । अहिले फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएको भन्दै दशैंँपछि राजधानी राख्न उपयुक्त स्थल हेरेर प्रतिवेदन पठाउने तयारी गरिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस