गृहपृष्ठ ∕ समाचार ∕ चौरसिया हत्याकाण्डको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसको माग चौरसिया हत्याकाण्डको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसको माग दीप संञ्चार कात्तिक ८, २०७७ गते १९:५३ मा प्रकाशित काठमाडौँ– नेपाली कांग्रेसले पर्साको विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।प्रहरीले दोषीमाथि कारबाही गर्नुको साटो पीडित पक्षको जाहेरीसमेत नलिएको र मृतकको शव अझैपनि अस्पतालमै रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ।सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच असोज ६ गते झडप भएको थियो। उक्त झडपमा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर तीन दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।नागरिकको जीवन रक्षा गर्नु राज्यको कर्तव्य भए पनि नेकपा सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बनेको कांग्रेसको आरोप छ। प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न छ, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौँ?’क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?