गृहपृष्ठ ∕ समाचार ∕ चौरसिया हत्याकाण्डको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसको माग चौरसिया हत्याकाण्डको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसको माग दीप संञ्चार कात्तिक ८, २०७७ गते १९:५३ मा प्रकाशित काठमाडौँ– नेपाली कांग्रेसले पर्साको विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।प्रहरीले दोषीमाथि कारबाही गर्नुको साटो पीडित पक्षको जाहेरीसमेत नलिएको र मृतकको शव अझैपनि अस्पतालमै रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ।सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच असोज ६ गते झडप भएको थियो। उक्त झडपमा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर तीन दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।नागरिकको जीवन रक्षा गर्नु राज्यको कर्तव्य भए पनि नेकपा सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बनेको कांग्रेसको आरोप छ। प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न छ, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौँ?’क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल