गृहपृष्ठ ∕ समाचार ∕ नाका क्षेत्र बाट घरेलुु हतियार बरामद नाका क्षेत्र बाट घरेलुु हतियार बरामद प्रिया स्मृती गजमेर कात्तिक ८, २०७७ गते १६:०४ मा प्रकाशित दाङ — सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका सशस्त्र प्रहरी निरीक्षक माधब ढुङेलको कमान्डमा गएको गस्ती टोलिले घरेलुु हतियार बरामद गरेको छ ।कोइलाबासबाट पटौली नाका तिर गस्तिमा जादै गर्दा गढवा गाउँपालिका वडा नम्बर ८ स्थित दुर्गा सामुदायिक वनको क्षेत्रमा पर्ने भालु खोला भन्ने स्थानमा गस्तिमा गएको सशस्त्र प्रहरीले रातीको दस बजे तिर बेवारिसे अवस्थामा भरुवा बन्दुक एक थान, एक्काईस राउन्ड छरा गोलि, बारुद दुई डिब्बा, केप तीन वटा, खुकुरी र चक्कु एक /एक थान बरामद गरेको हो ।हामी पैदल गस्तिमा थियौ, जङ्गलको बाटो केही आवाज आए जस्तो सुनेर हामीले यता उता हेर्न लाग्यौ त्यही बेला ती हतियार भेटियो उनले भने । उक्त हतियार लिएको मानिस प्रहरीलाई देखेर भागेको हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक ढुङेलले बताए ।चाडवाडको बेला कुनै आपराधिक घटना घटाउने उदेश्यले पनि ती घरेलुु हतियार प्रयोग हुन सक्थ्यो, तर सिमा क्षेत्रमा हामीले कडा निगरानी गराएका छौ प्रहरी निरीक्षक ढुङेलले बताए ।बरामद भएका ती घरेलुु हतियार ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाइएको छ । त्यस क्षेत्रमा घरेलुु हतियार फेला परेको भन्ने सुचना पाएपछी ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट कोइलाबास पुगेका छन ।ती हतियारको बारेमा जिल्लामा जानकारी गराईएको छ, सिमा नाका भएका कारण कुनै आपराधिक क्रियाकलाप घटना घट्न सक्छन त्यसैले पनि प्रहरीको निगरानी बढाउन आवस्यक छ प्रहरी निरीक्षक भट्टले भने । अब ती हतियारका बारेमा अनुशन्धान गर्ने उनको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप