गृहपृष्ठ ∕ समाचार ∕ छोटो समयमा लोकप्रिय बन्दै “होटल ए वान लभ्ली स्टार प्रालि” छोटो समयमा लोकप्रिय बन्दै “होटल ए वान लभ्ली स्टार प्रालि” प्रिया स्मृती गजमेर कात्तिक ८, २०७७ गते ११:५० मा प्रकाशित दाङ्ग – दाङ्गको लमही नगरपालिका वडा नम्बर ५ निवासी कृष्ण खनाल यति बेला पाहुना स्याहार्नमै व्यस्त छन । थोरै दिनमा अतिथिहरुको मन जित्न सफल भएको छ, होटल व वान लभ्ली स्टार प्रालि । बजारको हरेक चिया पसलमा खनालको होटलको चर्चा चल्ने गर्छ । त्यो चर्चा अरु नभएर उनले लगानी गरेको ठुलो रकमको बारेमा। दाङ्ग जिल्लामै छैनन् खनालको होटल जस्तो ।लगानी ठुलो आकारमा लाग्यो अझ भन्ने हो भने होटलको सजावटले पाहुनाको मन त्यसै तान्ने जस्तो, बस यस्तै यस्तै चर्चा अनि परिचर्चा । खानालले लमहीमा अत्याधिक सेवा सुविधा सम्पन्न होटल संचालन गर्नु पुर्व चिने जानेका आफ्ना साथीभाईसंग छलफल पनि गरेका हुन । तर लामो समय भारतमा होटल लाइनको काम गरेका खनालमा होटललाई कसरी लोकप्रिय बनाउन सकिन्छ, कसरी पाहुनाको मन जित्न सकिन्छ भन्ने कुरा राम्ररी ज्ञान छ ।उसो त प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र स्थायी राजधानी देउखुरी उपत्यका भएपछी देउखुरीमा एक्कासि चहलपहल बढेको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायीहरुको कारोबारमा टेवा पुग्ने देखिन्छ । यसै विचमा खनालले पनि सेवाग्राहीलाई सेवा दिने भनेर ६ करोड खर्चेर होटल संचालन गरेका छन । होटललाई व्यवस्थित गर्नका लागि उनले बुटवलको नाम चलेको होटलबाट एक जना म्यानेजर समेत ल्याएको उनले बताए । अहिले उनि संग झन्डै एक दर्जन कामदार छन । एकातिर व्यवसाय संचालन गरेका छन् भने दर्जन भन्दा बढीलाई रोजगारी दिएका छन । होटल संगै झन्डै एक हजार अट्न सक्ने क्षमता भएको सभा हल पनि रहेको छ ।चिया, कफी खाने देखि लिएर खाजा नास्ता अनि खाना खाने र बास बस्नका लागि मानिसहरु आउने गरेको होटल म्यानेजर जगन भट्टराईले बताए । हामीले ग्राहकले आउन लागेको जानकारी गराएपछि खाना बनाउछौ, हामीबाट ग्राहकलाई सेवा दिन कुनै बेला कमि हुने छैन म्यानेजर भट्टराईले भने । होटल व वान लभ्ली स्टार प्रालिमा प्रायः प्रख्यात भारतीय खानाका परिकार पाइन्छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणामधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावनाआज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा