Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारजिल्ला प्रशासन दाङको अनुरोध ‘जो जहाँ छौं, त्यही चाडपर्व मनाऔ’

जिल्ला प्रशासन दाङको अनुरोध ‘जो जहाँ छौं, त्यही चाडपर्व मनाऔ’


दाङ — जिल्ला प्रशासन कार्यालय दाङले ‘जो जहाँ छौं, त्यही चाडपर्व’ मनाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोरोनाको महामारी बढिरहेकाले स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पूरा गर्न समेत आग्रह गरेका छन् ।

उनले चाडपर्वमा आवतजावत बढिरहेको र भीडभाडले गर्दा जोखिम बढ्न सक्ने भन्दै अतिआवश्यक नभई घरबाट बाहिर ननिस्किन, शक्ति पीठ तथा मन्दिरहरुमा दर्शन गर्न नजान, भेला जमघट तथा शुभकामना आदान–प्रदान जस्ता कार्य नगर्न, नगराउन, देउसी भैलो नखेल्न र घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस