Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारतीन मुलुकका लागि राजदूत नियुक्त

तीन मुलुकका लागि राजदूत नियुक्त


काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस