गृहपृष्ठ ∕ समाचार ∕ श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन आग्रह श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन आग्रह रासस कात्तिक ७, २०७७ गते ७:१७ मा प्रकाशित काठमाडौं — नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ ।महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी केही सञ्चार गृहले विगतमा उपलब्ध गराउँदै आएको दशैँ खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै तत्काल भुक्तानी गर्न माग गरेका हुन्।उहाँले तत्काल भुक्तानी उपलब्ध नगराए श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी समेत दिएका छन् । “महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चार गृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चार गृहहरु केन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले कोरोना भाइरस (कोभिड १९)महामारीको बहानामा निष्काशन गरिएकाको पुर्नस्थापना, गैरकानुनी सरुवा रद्द, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या समाधान गर्न पनि आग्रह गरेको छ ।श्रमजीवी पत्रकार ऐन र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासिनताका कारण आम श्रमजीवी पत्रकारले कानून मै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि सरकार र सरोकारवाला पक्षसँग पनि उनले आग्रह गरे।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल