गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण, नेपाली बिरामीहरु खुसी राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण, नेपाली बिरामीहरु खुसी राम प्रसाद ढुंगेल कात्तिक २, २०७७ गते २१:०४ मा प्रकाशित दुबई — नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद हस्पिटल भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पिआरओ इर्फान रहेका थिए ।उनीहरूले त्यहाँ उपचाररत नेपाली विरामीहरुलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेको राजदूत ढकालले बताएका छन ।दूतावास टोलीले हस्पिटलका जनरल डाइरेक्टर डा.फहद बस्लिब र वहाँको समुहसंग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भुमिकाको लागि धन्यवाद दिएको थियो ।दूतावास टोलीले उपचाररत नेपालीहरुलाई यात्रा अनुमती पत्र, आवस्यकता परेका विरामीलाई नि:शुल्क हवाई टिकट र विरामीका सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको पिआरओ इर्फानले जानकारी दिएका छन ।पिआरओ इर्फानकाअनुसार दूतावास र नेपाली समुदायको पहल चुराबहादुर थापालाई हवाइ टिकट र एकतर्फी यात्रा अनुमती पत्र प्रदान गरिने सहमति भएको छ । उक्त अस्पतालमा धेरै नेपाली विरामी रहे पनि समय व्यवस्थापन र प्राविधिक कारण त्यहाँ उपचाररत ५ जना विरामीलाई मात्रै भेट्न सकेको दूतावासले बताएको छ ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल