गृहपृष्ठ ∕ समाचार ∕ राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण ,नेपाली बिरामीहरु खुसी राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण ,नेपाली बिरामीहरु खुसी रामप्रसाद ढुंगेल कात्तिक २, २०७७ गते २०:५२ मा प्रकाशित रामप्रसाद ढुंगेलअक्टोबर १८-नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद हस्पिटल भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पिआरओ इर्फान रहेका थिए । उनीहरूले त्यहाँ उपचाररत नेपाली विरामीहरुलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेको राजदूत ढकालले बताउनुभएको छ ।दूतावास टोलीले हस्पिटलका जनरल डाइरेक्टर डा.फहद बस्लिब र वहाँको समुहसंग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भुमिकाको लागि धन्यवाद दिएको थियो ।दूतावास टोलीले उपचाररत नेपालीहरुलाई यात्रा अनुमती पत्र, आवस्यकता परेका विरामीलाई नि:शुल्क हवाई टिकट र विरामीका सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको पिआरओ इर्फानले जानकारी दिनुभएको छ ।पिआरओ इर्फानकाअनुसार दूतावास र नेपाली समुदायको पहल चुराबहादुर थापालाई हवाइ टिकट र एकतर्फी यात्रा अनुमती पत्र प्रदान गरिने सहमति भएको छ । उक्त अस्पतालमा धेरै नेपाली विरामी रहे पनि समय व्यवस्थापन र प्राविधिक कारण त्यहाँ उपचाररत ५ जना विरामीलाई मात्रै भेट्न सकेको दूतावासले बताएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट