गृहपृष्ठ ∕ समाचार ∕ जसपाले पार्टीको अन्तरिम विधान संशोधन गर्ने, बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति जसपाले पार्टीको अन्तरिम विधान संशोधन गर्ने, बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति दीप संञ्चार कात्तिक २, २०७७ गते २०:०७ मा प्रकाशित काठमाडौं — जनता समाजवादी पार्टी नेपालले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । भोलिदेखि बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सो पार्टीले विधान संशोधन गर्न लागेको हो । स्रोतकाअनुसार विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको कार्यकारिणी समितिका एक नेताले बताए ।त्यसका साथै बैठकले पार्टीको नियमावली पनि बनाउने छ । नियमवालीको ड्राफ तयार भइसकेको छ । सो विषयमा भने बैठकमा छलफल गरी टुगों लगाइनेछ । बैठकले संघीय परिषद्को गठन गर्नुको साथै कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन समेत गर्नेछ । पार्टीलाई प्राप्त नमावलीको आधारमा ८ सय सदस्यीयको केन्द्रीय समिति पनि बैठकबाट घोषणा गरिनेछ ।बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । सरकारले कोरोनाका कारण तोकेको मापदण्डअनुसार बैठक सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न