Techie IT
×
गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश, ‘काठमाडौं कोरोना संक्रमण नियन्त्रण बाहिर’

नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश, ‘काठमाडौं कोरोना संक्रमण नियन्त्रण बाहिर’


काठमाडौं — नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् । पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समूदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीले बताए ।

भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थिति भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताए । काठमाडौं उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उनले बताए ।

सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उनले स्पस्ट पारे । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको बताए ।

सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारीक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी गरे । उनले कोरोना संक्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको बताए । त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताए ।

त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९÷१० दिन सम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पु¥याएको उनको भनाइ छ ।

उनको दावी गरेजस्तै काठमाडौंमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । गत शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये २ हजार ६ सय ७२ जना संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए ।

आइतबार २ हजार ७१ जना मानिसमा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना रहेका छन् । सोमबार नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित पुुष्टि भएका छन् । सोमबार नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस