Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ महिला जेसीजको जेसीज सप्ताह २०२० सम्पन्न

दाङ महिला जेसीजको जेसीज सप्ताह २०२० सम्पन्न


दाङ — दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम जेसीज सप्ताह २०२० सम्पन्न भएको छ । सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बाह्रकुने दह परिसरमा एक कार्यक्रमको आयोजना गरी सप्ताहको समापन गरिएको हो ।

कोरोना भाईरस संक्रमणको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थाहरुलाई समापन गर्दै सप्ताहको समापन गरिएको हो । कोरोना भाइरस संक्रमणको समयमा पनि आआफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा नेपाल पत्रकार महासंघ दाङ, दाङ जिला उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, नेपाल परिवार नियोजन दाङ, नेपाल रेडक्रस सोसाईटी दाङ, नर्सिङ संघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङलाई सम्मान गरिएको थियो ।

दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एवं लसम्बिनी प्रदेशका प्रदेश सदस्य अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पाँच लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनु गौरवको विषय भएको भन्दै दाङ जिल्लाले राजधानी पाउनुलाई अवसरको रुपमा लिन अनुरोध गरे । उनले स्थायी राजधानी तोकिसकेकाले अब पूर्वाधार निर्माणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । लामो समयदेखि आफूहरुले लुम्बिनी प्रदेशको राजधानी दाङ बनाउनु पर्ने माग राखेको भन्दै श्रेष्ठले पाँच नम्बर प्रदेशको १२ वटै जिल्लालाई न्याय हुने गरी प्रदेश सरकारले दाङ राजधानी बनाउने निर्णय गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय राप्तीका प्रमुख गीता न्यौपाने, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, तुलसीपुर जेसीजका पूर्व अध्यक्ष दिपेश भण्डारी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाल, नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य निर्मला गौतम रेग्मी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष संजिता गौतम, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष रेखा शर्मा, रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक नारायणी भण्डारीले वृक्षारोपण, रक्तदान, शारीरिक अपांगता भएका व्यक्तिहरुलाई सहयोग, व्यवसायीहरुलाई मनोपरामर्श प्रशिक्षण, सन्देशमूलक रचना वाचन र महिलाहरुका लागि सपिङ ब्याग बनाउने तालिम आयोजना गरेको जानकारी गराएकी थिइन् ।

कार्यक्रम संयोजक सिन्धु रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसीजका सदस्य अर्चना शर्माले जेसीज आथा पाठ गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् ।

 


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस