Techie IT
×
गृहपृष्ठग्लोबल‘अजरबैजानले युद्धविरामको प्रयोग युद्धको तयारीमा गर्‍यो’

‘अजरबैजानले युद्धविरामको प्रयोग युद्धको तयारीमा गर्‍यो’


नार्गोन–काराबाखका विदेश मन्त्रालयले अजरबैजानले युद्धविराम वार्ताको प्रयोग आफ्नो फौज तयार गर्नमा प्रयोग गरेको आरोप लगाएको छ ।रुसको मध्यस्थतामा यो शान्तिवार्ता भएको थियो । अब अजरबैजान र अर्मानिया दुबै एक–अर्कामाथि यो शान्ति सम्झौता तोडेको आरोप लगाइरहेका छन् ।

विदेश मन्त्रालयले आफ्नो बयानमा अन्तर्राष्ट्रिय समुदायसामू यो क्षेत्रलाई एक स्वायत्त क्षेत्रको रुपमा मान्यता प्रदान दिएमात्र शान्ति बहाल हुने बताएको छ ।

अहिले अन्तर्राष्ट्रिय स्तरमा यो क्षेत्रलाई अजरबैजानको हिस्सा मानिन्छ तर यहाँ बस्ने धेरैजसो जनसंख्या अर्मेनियाली छन् ।यहाँको प्रशासनमा उनीहरुकै दबदबा छ । उनीहरु अजेरी सरकारसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न चाहँदैनन् ।

के युद्धविरामको सम्झौता टुटेको छ ?

अजरबैजानका विदेश मन्त्री जेहुन बायरामोवले मस्कोमा भएको वार्ताको क्रममा मानवीय आधारमा युद्धविरामको घोषणा तत्कालिन रुपमा गरिएको बताएका छन् । यो व्यवस्था शवको आदानप्रदानसम्म कायम रहनेछ ।

अजरबैजान र अर्मानिया दुबैले एक–अर्कामाथि युद्ध विरामको उल्लंघनको आरोप लगाउँछ । यसले युद्धविरामको सम्झौताको महत्वको विषयमा प्रश्न खडा भएको छ ।

टर्कीको बयानः

टर्कीले अजरबैजान र अर्मानियाबीच चलिरहेको लडाईंमा उसले नागोर्नो–काराबाखको विवादित इलाकामा उसको नियन्त्रण स्थापित नभएसम्म अजरबैजानको समर्थन गरिराख्ने बताएको छ ।

टर्कीको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘अजरबैजानको सेनाले बहादुरीको परिचय दिएका छन् । आफ्नो नियन्त्रण भएको इलाकालाई बचाउन उनले ठूलो सफलता हासिल गरेका छन् । अर्मानियाको कब्जामा भएको जमिन उसको वास्तविक मालिकलाई फिर्ता गर्नुपर्छ । अर्मानियो जबसम्म यस्तो गर्दैन, हामी आफ्ना भाइसँग खडा हुनेछौं ।’

संघर्ष विरामको उल्लंघनको आरोपः

अजरबैजानले शनिबार अर्मानियामाथि संघर्ष विराको उल्लंघनको आरोप लगाएको छ । नागोर्नो काराबाखको विवादित इलाकामा नियन्त्रणको विषयमा पछिल्लो दुई हप्तादेखि एक–अर्काविरुद्ध मैदानमा उत्रिएका दुई देशबीच रुसको मध्यस्थतामा शनिबार नै संघर्ष बिरामको घोषणा भएको थियो ।

तर अजरबैजानको तर्फबाट यो आरोप संघर्ष विराम लागू भएको केही समयपछि नै आएको हो । अजरबैजानको रक्षा मन्त्रालयले भन्यो, ‘अर्मानिया खुलेआम संघर्ष विरामको सम्झौताको उल्लंघन गरिरहेको छ । दुई अलग अलग दिशाबाट हाम्रोमा हमला गरिएको छ ।’

अजरबैजानको रक्षा मन्त्रालयले तेर्तेर र अगदाम इलाकामा दुश्मनको तर्फबाट गोलीबारी भएको बताएको छ । यद्यपि, अर्मानियाको तर्फबाट पनि अजरबैजानमाथि यहि आरोप लागिरहेको छ ।

अर्कोतर्फ, अर्मानियाको रक्षा मन्त्रालयले संघर्ष विराम लागू भएपछि काराखामबेयलीको इलाकामा अजरबैजाको सैनिकले हमला गरेको दाबी गरेको छ ।

अर्मानियाको रक्षा मन्त्रालयकी प्रेस सचिव सुसेन स्टिफेनयानले काराबाखमा सुरक्षाबले दुश्मनको हमलाको जवाफ दिनका लागि आवश्यक कदम उठाइरहेको जानकारी दिइन् ।

मारिएका मानिसहरुको विषयमा अर्मानियाको दाबीः

अर्मानियाको रक्षा मन्त्रालयको रिपोर्ट अनुसार लडाईंको क्रममा नागोर्नो–काराखाबका थप २८ मानिसहरुको अजरबैजानको फौजसँगका भीडन्तमा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या जम्मा ४०४ रहेको छ । – बीबीसी


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस