गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई कोरोनासंक्रमितको मृत्यु, २० सिकिस्त भेरी अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई कोरोनासंक्रमितको मृत्यु, २० सिकिस्त रासस असोज २५, २०७७ गते ८:४३ मा प्रकाशित बाँके — बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआइ उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए। योसहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० सङ्क्रमित सिकिस्त अवस्थामा छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ७एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार