गृहपृष्ठ ∕ ग्लोबल ∕ संक्रमणमुक्त भएको दुई महिनापछि भेटियो महिलाको आँखामा कोरोना भाइरस संक्रमणमुक्त भएको दुई महिनापछि भेटियो महिलाको आँखामा कोरोना भाइरस एजेन्सी असोज २५, २०७७ गते ८:३५ मा प्रकाशित चीन — चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई कोरोना भाइरसको लक्षण मानेको छ ।लगातार ५ दिनसम्म सुख्खा खोकी र ९ दिनसम्म झाडापखालाको लक्षणपछि ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना गरिएकी थिइन् । उनलाई ज्वरो पनि देखिएको थियो । छातीको सिटी स्क्यान गर्दा उनको फोक्सोमा संक्रमण देखिएको थियो । त्यसपछि उनको स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई त्यतिबेला गम्भीर समस्या देखिएको थिएन भने आँखामा पनि कुनै समस्या थिएन ।१८ र २० फेब्रुअरीमा गरिएको जाँचमा उनको रिपोर्ट नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएको ८ दिनपछि उनको दाहिने आँखा दुख्न थालेको थियो । २८ फेब्रुअरीपछि दुखाइ बढ्न थाल्यो भने उनको दृष्टि पनि कमजोर बन्यो । जब दुखाइ सहन नसक्ने अवस्थामा पुग्यो, उनी अस्पताल पुगिन् ।८ मार्चमा उनलाई अस्पताल भर्ना गरियो । डाक्टरहरुले महिलामा ग्लूकोमा अट्याक भएको पाए । आँखामा दबाबका कारण पीडा भइरहेको उनीहरुले पत्ता लगाए । पहिला औषधी दिएर पीडा कम गर्ने प्रयास गरिए पनि फाइदा नभएपछि उनको अपरेशन नै गरियो ।चीनको ऊहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतलामा महिलाको दुई पटक अपरेशन गरियो । १४ मार्चमा दाहिले र १५ मार्चमा देब्रे आँखाको अपरेशन भयो । सर्जरीपछि पनि आँखामा लगातार दबाब र पीडा बढेपछि महिलाको १० अप्रिलमा पुनः अपरेशन गरियो ।अपरेशनका दौरान आँखाबाट लिएको टिस्यूको नमूना जाँच गर्दा त्यसमा कोरोनाभाइरसको प्रोटिन पाइयो । जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित रिसर्चका अनुसार बिरामीको ओक्युलर मेनिफेस्टेसनको मामिला बाहिर आएको छ । यस्तो अवस्थामा आँखा रातो हुने र सुन्निने गर्छ ।यसअघि गरिएको अध्ययनमा आँखाको बाहिरी तहको साथै आँशुमा पनि कोरोनाभाइरस पाइएको थियो । यहाँबाट पनि संक्रमण फैलिन सक्ने शोधकर्ताहरुको भनाइ छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल