गृहपृष्ठ ∕ समाचार ∕ लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर अंकित रावल असोज २४, २०७७ गते २०:३३ मा प्रकाशित दाङ — दाङको तुल्सीपुरमा आज महिलाहरुको लागि एकदिने नि:शुल्क स्वास्थ परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना उक्त शिविर कार्यक्रम सप्पन्न भएको हो ।शिविरमा महिलाहरूको पाटेघरमा देखिने समस्या, यौन रोग तथा बाझोपन लगायत गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण साथै सम्पूर्ण महिला रोग सम्बन्धि उचित परामर्श तथा परीक्षण, स्त्री तथा महिला रोग विशेषज्ञ डा. श्रसिया पोख्रेलले गरेकी थिइन भने सिनियर मेडिकल अफिसरहरूबाट सम्पूर्ण किसिमका रोगहरूको उचित परीक्षण र परामर्श दिइएको थियो ।तुलसीपुरको ‘ग’ लाइन स्थित प्राइम बैंकको अगाडी पाल्पाली पोलिक्लिनिकमा शनिबार बिहान ९ बजे शुभारम्भ भएको कार्यक्रममा ६१ जना महिलाहरूले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए । कार्यक्रममा सेवाग्राहीहरूले कोरोना माहामारीका विचमा पनि महिलाहरुको लागि नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिने अवसर प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजक टीमलाई धन्यवाद समेत दिएका थिए ।बिहान ९ बजे देखि शुरु भैइ तीन बजे सम्म चलेको कार्यक्रममा लायन बुद्ध प्रकाश सिंहको अध्यक्षता र डिस्ट्रीक्ट कोर्डिनेटर बिनोद कुमार श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न भएको थियी । उक्त शिविर कार्यक्रममा मधुमेही समाज तुल्सीपुरका अध्यक्ष बिष्णु प्रसाद शर्मा, जोन चेयरपर्सन लायन उमेश मजगैया तथा लायन्स क्लब अफ दाङका प्रथम उपाध्यक्ष गणेश अधिकारीको उपस्थिती रहेको थियो।कार्यक्रममा लियो क्लब दाङका उपाध्यक्ष दीपक महतरा लगायतले मन्तव्य व्यक्त गरेको थिए भने कार्यक्रमको सहजीकरण लायन रमेश रेग्मीले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपहुँचका भरमा जहाजको टिकट वितरणस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्नेकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी