लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर
दाङ — दाङको तुल्सीपुरमा आज महिलाहरुको लागि एकदिने नि:शुल्क स्वास्थ परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना उक्त शिविर कार्यक्रम सप्पन्न भएको हो ।
शिविरमा महिलाहरूको पाटेघरमा देखिने समस्या, यौन रोग तथा बाझोपन लगायत गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण साथै सम्पूर्ण महिला रोग सम्बन्धि उचित परामर्श तथा परीक्षण, स्त्री तथा महिला रोग विशेषज्ञ डा. श्रसिया पोख्रेलले गरेकी थिइन भने सिनियर मेडिकल अफिसरहरूबाट सम्पूर्ण किसिमका रोगहरूको उचित परीक्षण र परामर्श दिइएको थियो ।
तुलसीपुरको ‘ग’ लाइन स्थित प्राइम बैंकको अगाडी पाल्पाली पोलिक्लिनिकमा शनिबार बिहान ९ बजे शुभारम्भ भएको कार्यक्रममा ६१ जना महिलाहरूले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए । कार्यक्रममा सेवाग्राहीहरूले कोरोना माहामारीका विचमा पनि महिलाहरुको लागि नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिने अवसर प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजक टीमलाई धन्यवाद समेत दिएका थिए ।
बिहान ९ बजे देखि शुरु भैइ तीन बजे सम्म चलेको कार्यक्रममा लायन बुद्ध प्रकाश सिंहको अध्यक्षता र डिस्ट्रीक्ट कोर्डिनेटर बिनोद कुमार श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न भएको थियी । उक्त शिविर कार्यक्रममा मधुमेही समाज तुल्सीपुरका अध्यक्ष बिष्णु प्रसाद शर्मा, जोन चेयरपर्सन लायन उमेश मजगैया तथा लायन्स क्लब अफ दाङका प्रथम उपाध्यक्ष गणेश अधिकारीको उपस्थिती रहेको थियो।
कार्यक्रममा लियो क्लब दाङका उपाध्यक्ष दीपक महतरा लगायतले मन्तव्य व्यक्त गरेको थिए भने कार्यक्रमको सहजीकरण लायन रमेश रेग्मीले गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस