गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा एक किलो सुन सहित तिन जना पक्राउ दाङमा एक किलो सुन सहित तिन जना पक्राउ प्रिया स्मृती गजमेर असोज २२, २०७७ गते २०:४४ मा प्रकाशित दाङ — दाङमा एक किलो सुनसहित प्रहरीले तिन जनालाई जना पक्राउ गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया बाट क्रेटा कार सहित उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चालक जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ वस्ने जिवन कुमार श्रेष्ठको छोरा वर्ष २५ को सुवाश श्रेष्ठले घोराही उपमहानगरपालिका वडा नं.१४ वस्ने ईन्द्र प्रसाद श्रेष्ठको छोरा वर्ष ४२ को सम्मान कुमार श्रेष्ठ र सोही गाडीमा सवार अपुर्ब थैब श्रेष्ठ रहेका छ्न ।जुत्ताको तलुवामा इमिरेट्स गोल्ड पाँच सय ग्राम लेखेको एक थान र बायाँ खुट्टामा इस्तानबुल गोल्ड रिफाइनेरी मेल्टर एण्ड अस्सएर पाँच सय ग्राम लेखेको एक थान गरी दुई थान लुकाई छिपाई राखेको अवैध पहेंलो सुन जस्तो देखिने चारपाटे धातु बरामद गरी तत्काल डिजिटल मेशिनमा राखी तौल गर्दा एक हजार ग्राम रहेको तथा निज सम्मान कुमार श्रेष्ठको साथ बाट बरामद भएको सुन जस्तो देखिने सुनको सिक्री एक थानसहित एक किलो र प्रहरीले नगद साठ्ठी हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।सोही गाडीमा सवार अपुर्व थैव श्रेष्ठको साथबाट बरामद भएको चाँदीको सिक्री एक थान र एघार सय बिस रुपैयाँ नगद बरामद भएको भने सोही गाडीका चालक सुवाश श्रेष्ठको साथबाट बाह्र हजार दुई सय पचास रुपैयाँ बरामद सहित उनिहरुलाई पक्राउ गरिएको थियो ।पक्राउ परेका तिनै जना अहिले जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु