गृहपृष्ठ ∕ समाचार ∕ सास फेर्न गाह्रो भए वा वेहोस होला जस्तो मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय सास फेर्न गाह्रो भए वा वेहोस होला जस्तो मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय दीप संञ्चार असोज २१, २०७७ गते २१:३१ मा प्रकाशित काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने बताएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरे ।गौतमले भने, ‘रुघाखोकी वा ज्वरो आउँदैमा अस्पताल दौडिने गरिएको छ, त्यो नगरौं भनेको हुँ ।’सरकारले पछिल्लो समय लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ । सरकारी तथ्यांकअनुसार १४ हजार ४११ जना संक्रमित होम आइसोलेसनमा छन् भने लक्षण भएका संक्रमितहरुलाई वेड पाउन गाह्रो छ ।जनस्वास्थ्य विज्ञहरु भने कोरोना संक्रमित, चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र होम आइसोलेसनमा बस्नुपर्ने र कुनै समस्या आएमा अस्पताल जानुपर्ने बताउँछन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप