गृहपृष्ठ ∕ समाचार ∕ सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के होला त लकडाउन ? सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के होला त लकडाउन ? दीप संञ्चार असोज २१, २०७७ गते २१:१६ मा प्रकाशित काठमाडौं — नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णयसमेत गरेको थियो ।सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि स्वास्थ्य मन्त्रालयलाई मात्र बन्दाबन्दी गर्ने अधिकार नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् । २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आँकलन गरिएको थियो । त्यही आँकलनको आधारमा सरकारमा सिफारिस गर्ने भनिए पनि कोभिड–१९ का बिरामीलाई उपचार लागि हालसम्म अस्पतालले धान्न सक्ने अवस्था रहेको उनले बताए ।तर, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने कोरोना भाइरसको संक्रमण दर बृद्धि भएसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विरामीहरुलाई पायक पर्ने स्थानमा बेड उपलव्ध हुननसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका विरामीहरुको उपचार व्यवस्था गर्न आवश्यक रहेको पनि बताएका छन् ।उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् । ‘विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, बुधबारको नियमित प्रेस ब्रिफिगमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’उनले भिडभाड नगर्न आग्रह गर्दै ‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्ने भान’ भएको बताए । ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ’ गौतमको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप