गृहपृष्ठ ∕ समाचार ∕ सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के होला त लकडाउन ? सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के होला त लकडाउन ? दीप संञ्चार असोज २१, २०७७ गते २१:१६ मा प्रकाशित काठमाडौं — नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णयसमेत गरेको थियो ।सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि स्वास्थ्य मन्त्रालयलाई मात्र बन्दाबन्दी गर्ने अधिकार नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् । २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आँकलन गरिएको थियो । त्यही आँकलनको आधारमा सरकारमा सिफारिस गर्ने भनिए पनि कोभिड–१९ का बिरामीलाई उपचार लागि हालसम्म अस्पतालले धान्न सक्ने अवस्था रहेको उनले बताए ।तर, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने कोरोना भाइरसको संक्रमण दर बृद्धि भएसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विरामीहरुलाई पायक पर्ने स्थानमा बेड उपलव्ध हुननसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका विरामीहरुको उपचार व्यवस्था गर्न आवश्यक रहेको पनि बताएका छन् ।उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् । ‘विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, बुधबारको नियमित प्रेस ब्रिफिगमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’उनले भिडभाड नगर्न आग्रह गर्दै ‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्ने भान’ भएको बताए । ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ’ गौतमको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा…कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्नगायिका रचना रिमाल कतारमा धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल