गृहपृष्ठ ∕ समाचार ∕ राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित प्रिया स्मृती गजमेर असोज २१, २०७७ गते ८:४४ मा प्रकाशित दाङ — प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र राजधानी दाङको भालुबाङ तोकिए पछि देउखुरी बासी हर्षित भएका छन । यसैको खुशीयालिमा देउखुरीका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।देउखुरीका मुख्य बजार लमही, गढवा, सिसहनिया, भालुबाङ लगायतका बजारको चोकमा लुम्बिनी प्रदेशको नक्सा बनाउदै देउखुरीबासीले खुशी ब्यक्त गरेका छन । त्यस्तै राजपुरको जङ्रहवा, बेला, लमहीको रिहार, अमिलिया लगायतका स्थानमा स्थानीयले दिप प्रज्वलन गरेका हुन ।लमहीको गोलघर अघि गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई आवश्यक पर्ने भौतिक संरचना उपलब्ध गराउन लमही नगरपालिका तयार भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । लामो प्रतीक्षा पछि प्रदेश सरकारले न्यायोचित गरेको भन्दै अब देउखुरीबासीमा जिम्मेवारी थपिएको केसीको भनाई छ ।नेपाली काङ्रेसले पनि लमहीको गोलघर अगाडी दिप प्रज्वलन गरेर प्रदेश सरकारले गरेको निर्णयलाई स्वागत गरेको छ ।त्यस्तै राजपुर गाउँपालिकाले पनि राजपुरको जङ्रहवामा दिप प्रज्वलन गरेको छ । उक्त दिप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपती यादवले प्रदेश भित्रका बाह्र जिल्लालाई पायक पर्ने स्थानमा राजधानी बनाएको भन्दै खुशी ब्यक्त गरिन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप