Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्‍यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी

नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्‍यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी


सल्यान – नेको इन्स्योरेन्स लिमिटेड सल्यानले विश्व कोरोना महामारीकै बीचमा गाडी दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।आधुनिक नेपाल निर्माण सेवा प्रा. लि.को नाममा रहेको बा २ क ५७८५ नम्बरको एक्जाभेटर गत फाल्गुन महिनामा दुर्घटना भएको हुँदा उक्त दुर्घटनाको पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।

भुक्तानी वापतको १६ लाख ८५ हजारको चेक नेको इन्स्योरेन्सका सल्यान शाखा प्रमुख नारायण दाहालद्वारा आधुनिक नेपाल निर्माण सेवा प्रा.लि. दार्मा ५, सल्यानका सञ्चालक तुफान के.सी.लाई हस्तान्तरण गरिएको छ ।

बिमित के.सी.ले यस्तो कोरोना माहामारीमा बीमा नगरेको भए आज घर न घाटको भइने रहेछ, छिटो, छरितो र सहज तरिकाले भुक्तानी दिएकोमा नेको इन्स्योरेन्स सल्यान शाखालाई धन्यवाद दिदै समयमै भुक्तानी पाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

शाखा प्रमुख दाहालले बीमा कम्पनी भनेका ठग कम्पनी हुन भन्ने सोचाइ रहेका मानिसहरुको भ्रमलाई छोटो समयमै चिर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बीमाको महत्त्व आफुले परेको बेला मात्र थाहा हुने भएको हुँदा समयमै बीमा गरि आफु सुरक्षीत रहन समेत आग्रह गरेका छन ।

शाखा स्थापना भएको छोटो समयमा नै सल्यान क्षेत्रमा सम्पुर्ण ब्यबसायीहरुको विश्वासको बीमा कम्पनीको रुपमा रहेको नेको इन्स्योरेन्स सल्यानले हालसम्म भएको १ करोड ८४ लाख बराबर कारोबार मध्ये १ करोड १३ लाख बराबरको  बीमा दाबी भुक्तानी समेत गरिसकेको छ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस