गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित दीप संञ्चार असोज २०, २०७७ गते १६:५४ मा प्रकाशित बुटवल — प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो ।सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ । पक्षमा खसेको मत दुई तिहाइ भन्दा बढी भएपनि सभामुखले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गरे ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !