Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत

एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत


भारत–भारतको वायुसेना प्रमुख आरकेएस भदौरीयाले फ्रान्सबाट राफेल ल्याए पछि भारतको सैन्य शक्ति बढेको भन्दै चीन र पाकिस्तान बिरुद्ध एकै साथ लड्न सक्ने बताए ।

उनले भारत जुनसुकै स्थितिका लागि तयार छ , आगामी पाँच बर्ष भित्र लडाकु हेलिकप्टर, तेजस जस्ता हवाई युद्धक उपकरण प्राप्त हुने र अझ वायुसेना शक्तिशाली हुने पनि दाबी गरे ।

लद्धाखमा चीनसगँ र कास्मीरमा पाकिस्तानसगँ तनाव बढीरहेका बेला भारतीय वायुसेना प्रमुखको यो दाबी आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनी वायुसेना भन्दा भारतीय वायुसेना कमजोर नरहेको पनि भदौरीयाले दाबी गरे । राफेलका कारण कुनै पनि स्थितिमा ठोस कार्बाही गर्न भारतीय सेना सक्षम हुने उनको जिकिर छ ।

चीन र भारतबीच सन् १९६२ को युद्धमा पराजीत भए पछि भारतले चीन बिरुद्ध निरन्तर तयारी गर्दै आएको छ । गत जुन १५ मा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि दुबै देश सीमामा आमनेसामने भएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस