गृहपृष्ठ ∕ समाचार ∕ अभियानलाई गाउँ केन्द्रित गराउदै युवा मंच अभियानलाई गाउँ केन्द्रित गराउदै युवा मंच प्रिया स्मृती गजमेर असोज १३, २०७७ गते २२:५४ मा प्रकाशित दाङ — विपी कोईराला युवा नेतृत्व विकास मंचले विद्यालयलाई चार दर्जन हात धुने साबुन र पांच सय पचास थान मेडिकल मास्क दिएको छ । क्षेत्रीय संयोजक किरण बिक्रम शाहले लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक विद्यालय भ्युसनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्मालाई हस्तान्तरण गरेका हुन ।अझै पनि बिकट गाउँघर तिर मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने नगरेको पाईएको छ जसले गर्दा उनीहरुको स्वास्थ्यमा खेलवाड नहोस भन्ने उदेश्यले अब अभियानलाई ग्रामिण केन्द्रित गर्ने योजना बनाएका छौ संयोजक शाहले भने ।बजार केन्द्रित विद्यालयहरुमा सबैको पहुँच हुने र ग्रामिण भेगमा कसैको नजर पर्न नसकेको बताउदै संयोजक शाहले नगरका बिकट स्थानमा रहेका विद्यालयलाई मास्क वितरण गर्ने बताए । मंचले हाल सम्म हजारौ स्वास्थ्यका सामाग्री वितरण गरि सकेको शाहले जानकारी दिए । व्यक्ति देखि लिएर बिभिन्न सामाजिक संघ सँस्थाको कार्यालयमै पुगेर ति सामाग्री दिंदै आईएको छ ।यस अघि मंचले देउखुरीका सबै स्थानिय तहमा पुगेर मास्क बैंक अभियानकै रुपमा संचालन गरिसकेको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याएका बिभिन्न दाताहरुबाट संकलन गरेका स्वास्थ्य सामाग्री मंचले वितरण गरेको हो । कोरोना माहामारी नेपालमा रहंदा सम्म मंचले यो अभियानलाई निरन्तरता दिने भएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै