गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने तिलु शर्मा पौडेल असोज १२, २०७७ गते ८:१७ मा प्रकाशित दोहा कतार— आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक ३ वटा नियमित उडान हुने भएका छन् । नेपाली राजदूतावास दोहा कतारले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।सूचनामा जनाइए अनुसार एक तारिख अर्थात् असोज १५ बाट दैनिकरूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्नेछन् ।अब कतारबाट नेपाल जान चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरू बाट टिकट लिएर कोभिड-१९ को पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ पिसिआर नेगेटीभ सर्टिफिकेट उल्लेख भएको प्रमाणपत्रको सक्कल प्रति लिएर सिधै उडान गर्न पाउने भएका छन् भने दूतावासको फाराम भर्नु नपर्ने र यस अघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने छन् ।असोज १५ बाट नेपाली राजदूतावासले कुनै प्राथमिकता सूचि प्रकाशित नगर्ने भएको छ ।आज दोहाबाट भएको ४७ औँ सजहिकरण उडानबाट ८ महिला सहित १४७ जना नेपाल फर्किएका छन् । – जिएनएनक्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल