Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआश्रमा पुगेर अधिकारीले मनाए जन्म दिन

आश्रमा पुगेर अधिकारीले मनाए जन्म दिन


दाङ — दाङका एकजना विद्यार्थी नेताले जन्मदिनको अवसर पारेर सामाजिक सेवा अन्तरगर्त सेवा आश्रममा सहयोग गरेका छन् । अनेरास्ववियूका नेता लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवाकेन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर २९ औँ जन्मदिन मनाएका हुन् ।

बुधबार अधिकारीले आश्रममै पुगेर पचास किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरेका हुन् । अनावश्यक खर्च गरेर जन्मदिन मनाउँदा मनाउनुभन्दा भरखरै स्थापना भएको निलसागर सेवा आश्रममा पुगेर सानो गर्नु उपयुक्त देखेर सहयोग गरेको अधिकारीले बताए ।

उनले भने प्राय जन्मदिनको अवसरमा धेरैले फजुल खर्च गर्ने र विभिन्न पार्टीको आयोजना गरि साथि भाइसंग रमाइलो गर्ने प्रचलन छ, विगतका जन्मदिनमा पनि फजुल खर्च गरियो, अव सामाजिक सेवा प्रति चासो बढेको छ । अधिकारीले आश्रमका संयोजक प्रकाश विष्टलाई खाद्यान्न र फलफूल हस्तान्तरण गरेका हुन् । अधिकारी विद्यार्थी राजनीतिमा क्रियासिल छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस