गृहपृष्ठ ∕ समाचार ∕ आश्रमा पुगेर अधिकारीले मनाए जन्म दिन आश्रमा पुगेर अधिकारीले मनाए जन्म दिन प्रिया स्मृती गजमेर असोज ७, २०७७ गते १८:२२ मा प्रकाशित दाङ — दाङका एकजना विद्यार्थी नेताले जन्मदिनको अवसर पारेर सामाजिक सेवा अन्तरगर्त सेवा आश्रममा सहयोग गरेका छन् । अनेरास्ववियूका नेता लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवाकेन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर २९ औँ जन्मदिन मनाएका हुन् ।बुधबार अधिकारीले आश्रममै पुगेर पचास किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरेका हुन् । अनावश्यक खर्च गरेर जन्मदिन मनाउँदा मनाउनुभन्दा भरखरै स्थापना भएको निलसागर सेवा आश्रममा पुगेर सानो गर्नु उपयुक्त देखेर सहयोग गरेको अधिकारीले बताए ।उनले भने प्राय जन्मदिनको अवसरमा धेरैले फजुल खर्च गर्ने र विभिन्न पार्टीको आयोजना गरि साथि भाइसंग रमाइलो गर्ने प्रचलन छ, विगतका जन्मदिनमा पनि फजुल खर्च गरियो, अव सामाजिक सेवा प्रति चासो बढेको छ । अधिकारीले आश्रमका संयोजक प्रकाश विष्टलाई खाद्यान्न र फलफूल हस्तान्तरण गरेका हुन् । अधिकारी विद्यार्थी राजनीतिमा क्रियासिल छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल